July 20, 2008

जो चोर उसैको ठूलो स्वर

जनमोर्चा नेपाल सहति मधेशका दुईवटा दललाई समर्थनमा लिएर राष्ट्रपतिको चुनाव जित्ने सुरसारमा लाग्दा उ दगं थियो । उपराष्ट्रपतिमा पाएको हार अनी आफ्नो राष्ट्रपतिको विजोगपछि बल्ल उसको चेत खुलेको देखिन्छ । तर सधै आफुलाइ बलशाली देख्ने माओवादी आफु कत्तिको निरिह रहेछु भन्ने यर्थाथ थाहा पाएपछि भर्खर मानसिक अस्पतालवाट निस्कीएको विरामी झै र्बबराउन थालेको छ ।

देशको राष्ट्रपति अब कांग्रेसको पोल्टामा जाने निश्चित भएपछि माओवादीको चुइचुइ सुनिन थालेको छ । अब रामराजा िसंह राष्ट्रपतिमा नजिते सरकारमा नजाने ती दलको गठबन्धन अप्राकृतिक र अपवित्र भएको जस्ता मुसा स्वरमा उनीहरु चिच्याउने प्रयास गरिरहेका छन । सबैका अगाडि एमालेसंग सहमति गरेर पछि लात्ति हान्ने माओवादी अहिले भनिरहेको छ-हामीले धोका दिएका हैनौ ।

राष्ट्रपतिको निर्वाचनमा अहिले माओवादीको साथमा तराइ मधेस लोकतान्त्रीक पार्टी र सदभावना पार्टी मात्र रहेका छन । तर यो चै गठबन्धन हैन रे । केवल कांग्रेस एमाले र मधेसी जनअधिकार फोरम मिल्नु मात्र गठबन्धन हो रे ।

राजनीतिमा इमान्दारीता सबैभन्दा महत्वपुर्ण अस्त्र हो । एमालेका नेता माधव नेपाललाई राष्ट्रपतिमा हुन्छ भनेर भोलिपल्टै धोका दिएर माओवादीले धोकाको राजनीति शुरु गरेपछि बल्ल एमाले कांग्रेस र फोरमको गठबन्धन निर्माण भएको हो । एमालेलाइ लात हान्ने काम माओवादीले गर्यो तर अहिले भन्छ- कांग्रेस एमाले र मधेशी जनअधिकार फोरमको गठबन्धनलाई अप्राकृतिक छ । माओवादी अझै भ्रममा छ-उसले जे गरेपनि प्राकृतिक अरुले जे गरेपनि अप्राकृतिक । अचम्मको विष्लेशण छ उ संग ।

जनमोर्चा नेपाल सहति मधेशका दुईवटा दललाई समर्थनमा लिएर राष्ट्रपतिको चुनाव जित्ने सुरसारमा लाग्दा उ दगं थियो । उपराष्ट्रपतिमा पाएको हार अनी आफ्नो राष्ट्रपतिको विजोगपछि बल्ल उसको चेत खुलेको देखिन्छ । तर सधै आफुलाइ बलशाली देख्ने माओवादी आफु कत्तिको निरिह रहेछु भन्ने यर्थाथ थाहा पाएपछि भर्खर मानसिक अस्पतालवाट निस्कीएको विरामी झै र्बबराउन थालेको छ ।

सबैलाइ थाहा छ जे भइरहेको छ ठिक भएको छैन । उपराष्ट्रपतिमा भ्रष्टाचारी चयन भएकोमा पक्कै नेपाली जनता खुसी छैनन नै । तरयसको मुल कारक माओवादी नै हो भन्नेमा कसैमा भ्रम पक्कै छैन ।

सहमति र सहकार्यको राजनीति विगार्ने माओवादी नै हो । संविधान सभामा सबैभन्दा ठुलो दल भएको आधारमा पहिलो पद रोज्ने अधिकार माओवादीको नै हो । तर माओवादीले राष्ट्रपति हैन प्रधानमन्त्री रोज्यो । त्यसपछिको रोजाइ दोस्रो ठुलो दल कांग्रेसको हुनुपर्नेमा माओवादी र एमालेले गेम शुरु गरेर दोस्रो दललाई माइनस गर्ने खेल खेले । अहिले जुन राजनीतिक धु्रविकरण भएको छ यसको पहिलो कारण दोस्रो दललाइ लात हानेर अगाडि बढ्ने सहमति विपरितको राजनीतिका कारण नै हो । सहमति विपरितको खेलको शुरुवात गर्ने जो हो अहिले उही जो चोर उसैको ठुलो स्वर झै कराइरहेको छ ।

अब द्धन्द्धको रुपान्तरण र शान्ति प्रकृया नै गम्भिर अवस्थामा पुग्यो रे राष्ट्र संकटको भुमरिमा फस्यो रे । क्या गजव लाग्छ माओवादीका राजनीतिक भाषा सुन्दा । उसले गरे जे पनि ठिक अरुले त्यहि गरे बेठिक ।

तरपनि प्रमुख तिन दल सहमतिमा आउनु आजको आवश्यकता भने हो । कारण यो संविधान सभाको पहिलो म्याण्डेड भनेको नयां संविधानको निर्माण हो । जसका लागि २ तिहाइ बहुमतको आवश्यकात पर्छ । कांग्रेस एमाले एकतातिर माओवादी अर्कोतिर भएसम्म नयां संविधान पाउने आशै नगरेहुन्छ । त्यसैले यसरी नै सहमतिय राजनीति पूर्णतया टुट्यो भने त्यसको पहिलो र मूख्य सिकार नेपालको संविधानसभा शान्ति प्रकि्रया हुनेछ । सधै वार्गेनिङ्गको राजनीतिमा विश्वास गर्ने मधेसी दलले सधै कांग्रेस एमालेलाइ साथ दिन्छन भन्नेपनि छैन । त्यसैले अब प्रमुख दलहरुबीच एकले अर्कोलाई आरोप प्रत्यारोप गर्नुको साटो राष्ट्रपतिमा सहज रुपमा डा रामवरण्लाई स्विकार गरी माओवादीले नयां राजनीतिक समिकरणको बाटो खुल्ला गर्नुपर्छ नै । कारण असहमतिको राजनीतिको प्रारम्भ उसैले गरेको थियो ।

प्रथम राष्ट्रपति डा। रामबरणको पक्षमा

null

ुजुन जोगी आए पनि कनै चिरेु को भन्ने उखानले सार्थकता पाएको छ । राजनीतिक दलका नेताहरुको बैठक र छलफलको क्रममा धेरै अभ्यास हुँदा हुँदै पनि संविधान सभा नउठेपछि माथिको उखानले सार्थकता पाएको छ । यस घडिमा सत्ता विवाद प्रमुख रहेको हुनालेनै यस्तो परिणाम देशले भोग्नु परेको पुष्टि भएको हो । अहिले मुलुकमा झन राजनैतिक गतिरोध बढ्दै गइरहेको अवस्थामा राष्ट्रपतिको भूमिका सजिलै निर्वाह गर्न सक्ने एक मात्र राजनीतिक दल नेपाली कांग्रेस भन्दा अर्को उपयुक्त दल नभएकोले विकल्प खोजिनुनै देशलाई अस्थिरता र अन्यौतातर्फ धकेल्नु रहेको छ ।

राष्ट्रपतिको उम्मेदवारमा नेपाली कांग्रेसका डा। रामबरण यादव राष्ट्रियता प्रजातन्त्र र समाजबादप्रति समर्पित तथा लोकतान्त्रिक आन्दोलन भाग २ देखी राजतन्त्रको अन्त्य सम्म ठूलो भूमिका निर्वाह गरेका छन् । पूर्वराजाको शान्तिपूर्ण बहिर्गमनमा मूख्य भूमिका खेल्ने पार्टी नेपाली कांग्रेसलाई नै जान्छ । मुलुक र मुलुकबासीप्रतिको योगदानको कदर गर्दै प्रथम राष्ट्रपति नेपाली कांग्रेसका यादवलाई बनाउनु पर्छ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई राष्ट्रपतिको उम्मेदवार बनेर गएको र सवैभन्दा ठूलो दलको हैसियत प्रदान गरेको बस्तुस्थितिले राष्ट्रपति स्विर्काला तर राजनैतिक दलहरुबीच शक्तिको भागबण्डाको कुरा आउँछ तब मात्र कांग्रेसका भागमा राष्ट्रपति हुनुपर्ने व्यवहारिक हुन जान्छ । जटिल राजनीतिक कालखण्डमा गठबन्धकासाथ बरिष्ठता जेष्ठताका साझा पार्टीैको रुपमा प्रस्तुत गरेकोले कांग्रेसलाईनै स्वाभाविकरुपमा राष्ट्रपति हुनुपर्छ ।

मुलुकको राष्ट्रपति कांग्रेसलाई बनाएमा मुलुकमा अहिले देखिएका राजनैतिक गतिरोध पनि अन्त्य भई शान्तिप्रकि्रयालाई सहज रुपमा अगाडि बढाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न पनि सजिलो हुने भएकाले वर्तमान परिस्थितिमा राष्ट्रपतिमा लागि माओवादी तथा अन्य दलहरुले थापेको अड्कोले देशलाई दुर्भाग्य तर्फ धकेलि रहेको छ । सहमति र सहकार्य आजको मूल आवश्यकता हो यो बिना न त नयाँ संविधान बन्न सक्छ न त नेपाली राजनीतिले गति लिन सक्छ ।

अब नेपाली जनता फेरी जाग्ने बेला आएको छ । यो जान्दा जान्दै माओवादीले जसरी अड्को थापेको छ त्यसले नेपालको राजनीतिक भविष्यलाई अन्धारतर्फ धकेलि रहेको छ । त्यसैले माओवादीले आफ्नो अड्को फिर्ता लिनै पर्छ र राष्ट्रपति कांग्रेसलाई बन्ने अवसर दिनैपर्छ । यसैमा कांग्रेसले राष्ट्रपतिका लागि वार्ता नगर्ने अडान छाडी सहमतिका लागि सबै दलसँग छलफल अगाडि बढाउँदा बढाउँदै गर्दै गर्दै सफल नहुँदा अब उत्पन्न हुने राजनैतिक उथल पुथलको जिम्मेवारी माओवादी हुनेनै छ ।

अहिले अन्तरिम संविधानको मर्मलाई कुनै एक ठाउँमा पोको पारी राजनैतिक दलहरुका नेताहरु अगाडि बढेका कारण राजनैतिक गतिरोध चरम विन्दुमा देखिएकाले नेपालको अन्तरिम संविधानको सहमति मर्म सहकार्य र समानुपातिक समावेशी सहभागिता भएकाले राजनैतिक दलहरु त्यसैको आधारमा अगाडि बढ्दै सहमतिका साथ नेपाली कांग्रेसका डा।यादवलाई राष्ट्रपति बनाउने सहमति गरी मुलुकमा विद्यमान सवै गतिरोध तथा समस्या समाधान गर्नुपर्छ । सात दलका नेता तथा माओवादीको सहमति र सहकार्यबाटै लोकतान्त्रिक जनआन्दोलनबाट अन्तरिम संविधान निर्माण भई संविधानसभाको निर्वाचन पनि सम्पन्न भएकाले अब पनि यस्ता राजनैतिक गतिरोध उत्पन्न हुने कार्य नगरी सहमतिका आधारमा समस्या समाधानको लागि अगाडि बढ्नु पर्दछ ।

संविधानसभाको निर्वाचनपछि राजतन्त्रको अन्त्य गरी संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको स्थितिमा मुलुक अझै राजनैतिक गतिरोध बढी झन अन्यौलतामा धकिरहेको यस अवस्थमा समाधान तथा संविधान निर्माण अभियानमा अगाडि बढाउन नेपाली कांग्रेसलाईनै राष्ट्रपति स्विकार्दै नयाँ सरकार निर्माण अभियानमा सवै दलहरु बढ्नु पर्ने एक मात्र विकल्प रहेको छ ।

अभिलेख साप्ताहिकका कार्यकारी सम्पादक

July 12, 2008

Filed under: समाचार

null

क्वालालम्पुर, मलेसिया ।
देशमा बिग्रिंदो राजनीतिक अवस्था, गरिबी तथा असुरक्षाका कारण विदेशिन बाध्य नेपाली युवाहरु देशबाहिर कटेदेखि स्वदेश नर्फकन्जेलसम्म विभिन्न बहानामा ज्ञान तथा अज्ञानताका कारण ठगीएका छन् । दक्ष तथा अदक्ष रुपमा मलेसिया काम गर्न आएका साथै ठगी गर्ने म्यानपावरहरुलाई कार्बाही नगरिनु, कामदारमा दक्षता नहुनु जस्ता कारणले नेपाली कामदारहरु नेपालदेखि प्राय गरी नेपालीहरुबाटै नै विभिन्न समस्यामा परेका हुन् । यसैअनुरुप, नेपालस्थित विभिन्न म्यानपावर कम्पनीहरुबाट यहाँ आएका कैंयौं संख्यामा रहेका अलपत्र नेपालीहरुमध्ये झण्डै ६० जना अलपत्र नेपालीलाई स्वदेश फर्काउन यहाँस्थित नेपाली दुतावास लगायत केही संस्थाहरु सफल भएका छ्न् ।
काठमाडौंस्थित ओस्कार इन्टरनेशनल प्रा लि, एन.बि. ओभरसिज प्रालि र के बि एल म्यानपावरबाट बुकीत तिंङ्गीस्थित र्इर्टर्ीींुङ्गल कम्पनीमा झण्डै सैंयौको संख्यामा आएका कामदारहरुमध्ये ६० जनाको उद्दार भएको छ । उनीहरु नेपाली दुतावास र एमालेनिकट मजदुरवादी संस्था ‘नेपाल ट्रेड युनियन महासंघ जिफन्ट’ यहाास्थित सहयोगी समूहको पहलबाट यही जुलाइ ८ मा नेपाल फर्कीसकेका छन् र पिडितहरु वषौंदेखीको आफ्नो पीडाको भारी बिसाउन सफल भएका हुन् ।

पिडीतहरुका पीडाः
कपाल काट्ने, फूलमा पानी हाल्ने तथा फलहरु टिप्ने काम गर्न भनि यहाँ आएका झण्डै ५० जनाको संख्यामा रहेका पिडित कामदारहरु कपाल काट्ने काम त परै जाओस्, कपाल काट्ने ठाँउ समेत देख्न पाएनन् । पिडितहरुमध्ये कोही वर्षदनअघि त कोही केही महिनाअघि बुकित तिंङ्गीस्थित र्इर्टर्ीीुङ्गल कम्पनीमा आएका थिए । गत साल जुनमा फूलबारीमा पानी हाल्न भनेर मलेसिया आएका बाबियाबिर्ता-९ मोरङ्गका दिर्गमान कार्की जंगलमा तेलका बोट गोडमेल गर्नेमा परे । ‘साहुको ऋण तिर्न त कुरै छाडौं मेरा परिवारलाई समेत मैले दुइ छाक र्टार्न सकिन’-कार्कीले दुःखेसो पोखे । आफुहरु हप्तादिनसम्म भोकै बनमा रहनु परेको विवशता समेत उनले सुनाए । एल.बि.एन. म्यानपावरबाट आएका केरुङ्गा-५, अर्घर्ााँचीका लेक बहादुर सारुले पनि त्यस्तै गुनासो पोखे । सारु र कार्कीको मात्र होइन, ती सबै पिडितहरुको अवस्था उस्तै थियो । त्यस्तै कपाल काट्ने काम भनेर आएका नेपालमा ३५ हजार नेपाली रुपैंया म्यानपावरलाई बुझाएका थिए तर उनी ओस्कारमार्फ् आएका दिर्गमान लगायत ४२ जना नेपाली कामदारहरुलाई कम्पनीले शूरुमा ३ महिना सहमतिअनुसार तलब सुविधा दिएको र त्यसपछि तलब नदिएको साथै खाना दिने सुविधासमेत बन्द गरेपछि झन् ती कामदारहरु अलपत्र परेका थिए । नत उनीहरुको बस्ने ठाँउ नै थियो न त खाने खाना नै ।

उद्दार, प्रक्रियाः
गत मार्च १ मा काम र सहमति अनुसार सुविधा दिनुपर्ने भन्दै सम्पर्ूण्ा कामदारहरु एकताबद्ध भई कम्पनीमा धर्ना दिए, तर केही सिप नलागेपछि आफुहरु ‘जीफन्ट’को सर्म्पर्कमा गएको एक पिडितहरुले बताए । ‘उनीहरु हाम्रो सर्म्पर्कमा आएपछि हामीले दुतावासमा कुरा राख्यौं, तर उहाँहरुले पुलिस रिपोर्ट लगायत आवश्यक कागजातहरु ल्याउनुपर्ने बताउनुभयो अनि हामीले मलेसिया ट्रेड युनियन महासंघमा निवेदन दियौं र उहाँहरुले दुतावासलाई एउटा पत्र दिनुभयो र अनि हामीले सो पत्रका साथ पुनः दुतावास पुग्यौं’ सपोर्ट ग्रुप, मलेसियाका दर्ुगा शाहीले भने । ती पिडितहरुको सहयोगमा लागेका एक समाजसेवी तथा व्यवसायी देउ छन्त्यालले धेरै दुःख पाएका ती कामदारहरुका लागि धेरै ठुलो संर्घष्ा गर्नुपरेको इंकित गर्दै भने-’जीफन्ट, मलेसिया ट्रेड युनियन लगायत सबैमा धेरैपटक धाएपछि दुतावासले मलेसिया लेबर कोटलाई एउटा पत्र पठायो अनि बल्ल समस्या समाधानका लागि सबै पक्षवीच छलफल चल्यो र कम्पनीले ती कामदारहरु सबैको भिषा लगाई स-कुशल नेपाल फर्काउने तर टीकट चाँही कामदार आफैंले किन्नुपर्ने भयो । र बल्ल उनीहरु घर जान पाउने भएका हुन ।’ साथै छन्त्यालका अनुसार, दुतावास लगायत आधादर्जन निकायहरुमा धाउँदा पनि समस्या हल हुन गाह्रो भएकोले सबै पिडितहरुलाई उद्दार गर्न सजिलो हुने हेतुले ‘जीफन्ट’ को सदस्य बनाई आवश्यक प्रक्रिया थालिएको थियो ।
आफुहरुलाई म्यानपावर कम्पनीले मनपरी ढंगले पैसा लिएको साथै भिषा पठाउने मलेसियामा रहेका एजेण्ट कमल गौतम भएको र गौतमले आफ्नो समस्याको बारेमा त्यति चासो नदिएकोमा आक्रोश पनि पोखे । सो समयअघि १४ जना नेपाली कामदारहरु फर्काउन यहाँस्थित राजदुतावास र ‘जिफन्ट’ सफल भएका हुन् । गत जुन २८ मा १८ जना, १ जुलाइमा २२ जना र ८ जुलाईमा २ जना गरी जम्मा ४२ जना नेपाल फर्कीसकेका छन् ।

उद्दार गरी स्वदेश फर्काइएकाहरुमा, फत्त बहादुर पुन -तनहुँ), तोप बहादुर दमाइ -कास्की), कमल गुरुङ -झापा), राम कुमार श्रेष्ठ -पाल्पा), केशर जर्ग मगर -भोजपुर), खिन बहादुर गहा -पाल्पा), ब्रि्रम कुमार नेपाली -पाल्पा), श्याम बहादुर लिम्बु -तेह्रथुम), लक्ष्मन र्राई -ओखलढुङ्गा), जय बहादुर मुक्तान -मकवानपुर), भेष बहादुर र्घर्ति -रोल्पा), रेशम बहादुर पुन मगर -रोल्पा), सुक्ताल सान्वा -तेह्रथुम), मुनिब केवात् -रुपन्देही), रामु चौधरी -दाङ्ग), राज्य बिसेक चौधरी -दाङ्ग), महेन्द्र प्रसाद धोवी -रुपन्देही), हिरा बहादुर कंुवर -रुपन्देही), चन्द्र जीत मल्ल -रुपन्देही), कृष्ण लाल लोहार -रुपन्देही), सैलेस कुंवर -रुपन्देही) र ज्ञान बहादुर सुनारी -पाल्पा) रहेका छन् ।

त्यसैगरी, रामी कपाडी -कन्चनपुर), पाराहु राम बराहि -रुपन्देही), दिर्घमान कार्की -मोरङ्ग), महेन्द्र यादव -रुपन्देही), राम प्रसाद मुरौ -कपिलवस्तु), सन्त राम चमार -रुपन्देही), पंजावी नाउ -रुपन्देही), मनोहर चमार -परासी), गोपाल थापा -गुल्मी), दल्मन कुंवर -रुपन्देही), ऐता बहादुर लिम्बु -इलाम), चित्र बहादुर लिम्बु -तेह्रथुम), श्याम बहादुर थिङ -मोरङ्ग), लोक बहादुर सारु मगर -मोरङ्ग), थिर बहादुर थापा मगर -भोजपुर), राजेन्द्र केवात -रुपन्देही), पदम बहादुर पुन -ताप्लेजुङ्ग), कृष्ण स्याङताङ्ग -मकवानपुर), दिपेस लिम्बु -ताप्लेजुङ्ग)

र ठाकुर बहादुर श्रेष्ठ -सुन्सरी) रहेका छन् ।

ठुलै राहतको महसुसः

नेपाली दुतावास लगायत केही संस्थाको विशेष पहल तथा सहयोगमा नेपाल फर्काइएका पिडितहरुले म्यानपावर कम्पनीहरुबाट राहत पाउने भएका छन् । स–कुशल नेपाल फर्काइ उद्दार गरिएका पिडितहरुलाई हाल जीफन्टको सहयोगमा मलेसिया पठाउने तीन म्यानपावर कम्पनीहरुले यहाँ काम गर्दाको बाँकी तलब, साथै आउनु अघि लिइएको केही रकम फिर्ता दिने भएको पिडितहरुले टेलिफोनमार्फ हामीलाई जानकारी दिएका छन् । हाल पिडितहरुले ठुलै राहतको महसुस गरिरहेका छन् ।

March 9, 2008

कोतारयमा बिदाको दिन नेपालीको अवस्था

Filed under: समाचार

null

December 15, 2007

मलेसियामै पहिलो पटक गोर्खाली श्रद्धाञ्जली समारोह

Filed under: समाचार

null

क्वालालम्पुर/आज डिसेम्बर १६ तारीखका दिन श्री अभिलेख साप्ताहिकले विगतमा प्रवासभूमिमा गोर्खालीहरुले युद्धमा वीरगति प्राप्त गरेका सम्पर्ूण्ा वीरहरुप्रति स्मरण तथा सम्मान गदर् ै उनीहरुप्रति श्रद्धास्वरुप एक विशष्े ा श्रद्धाञ्जली समारोह कायर्त्र mम आज गर्ने भएको छ । वीर गोर्खालीहरुप्रति स्मरण तथा सम्मानको खाँचो भएको ठम्याउँदै यस कार्यक्रम आयोजना गर्न लागिएको श्री अभिलेख साप्ताहिकका प्रबन्ध निर्देशक विष्णु रानाले जानकारी दिनुभयो ।
सेरेम्बानस्थित रहेको वीर गोर्खालीहरुको एक समाधिस्थलमा गई आज १६ तारीखका दिन सो कार्यक्रम सम्पन्न गर्न लागिएकाले कार्यक्रममा उपस्थित हुन सम्पुर्न प्रवासी नेपाली श्रमिक, विद्यार्थी, पत्रकार, व्यबसायी तथा समाजसेवीहरुलाई आव्हान गरिएका छ ।

September 10, 2007

११ महिना जेल सजाय सहित नेपाली दश हजार जरिवाना

Filed under: समाचार

मलेसिया/सेक्युरिटी कम्पनीमा कार्यरत २ नेपाली र १ स्थानीय मलेसियन नागरिकलाई ११ महिने जेल सजाय सहित नेपाली दश हजार जरिवाना क्वालालम्पुस्थित मेजिस्ट्रेट कोर्टका अहमद सोलिनले घोषणा गरेका छन् ।

निज २ नेपाली दावा तामाङ, आनन्दलाल बर्ष २५ र एक स्थानीय मलेसियन जेभी सिताम सारावाकका बर्ष२२ का ले ८ महिना अघि क्वालालम्पुरकै बुकिट जलिल स्टेडियम अगाडिको आपर्टमेन्ट ब्लक वि को पहिलो तलामा एक मलेसियन नागरिकलाई कुटपिटका साथै लुटेका थिए ।

लुटिएका मलेसियन नागरिक मोहम्मद फरिद राजिलले आफुलाई आक्रमण गरी लुटेको र यातना दिएको पुलिसमा उजुरी दिएका थिए । उनलाई हातखुट्टा बाँधी, तातोपानी खन्याएर चुन र्छर्किएको र मोबाइल सेट, जुत्ता लुटिएको कुरा अदालत समक्ष २ नेपाली र १ स्थानीय मलेसियन युवाले स्विकारेका छन् ।

हाल सम्म २ नेपाली दावा तामाङ्ग र आनन्दलालको पुरा ठेगाना खुल्न नसकेको कुरा द मले मेल पत्रिका शुक्रबार प्रकाशित समाचारमा जनाएको छ ।

August 13, 2007

‘पहाडी’ को ठुलो बोली सँगै भुक्नहरुको ओईरो

बोल्नेको मुख थुन्न सकिदैन, लेख्नेको कलम थुत्न सकिदैन, लोकतन्त्र आएको छ रे ! नेपाल र नेपालीहरुको लागि, त्यसैले बोल्ने बोलिरहेका छन् छाँडा साँडेझै मात्तिएर । मुख त मेरो पनि छ, उस्को पनि छ, त्यस्को पनि छ, ….सबैको छ, कलम पनि त्यस्तै….. तर म बोलिरहेको छैन उ पनि बोलीरहेको छैन जथाभावि रुपमा, लेखिरहेको पनि छैन अनियन्त्रित भएर । हुनतः सबै लेखिएका, सबै बोलिएका कुराहरु सत्य हुदैनन्….हुन सक्छ यस्को पनि त्यस्को पनि सत्य छैन तर पनि सत्य लेख्ने, सत्य बोल्ने भए पो सत्यको पछाडी लेखिन्छ बोलिन्छ त यो क्रम बढ्दो छ मलेसियामा । पालै-पालो लेखिरहेका छन्, बोलिरहेका छन् लेख्नेहरु, बोल्नेहरु कहिले यस्को पालो त कहिले उस्को क्या गजवसँग लेखिदैछ मान्नै पर्छ बा ! यो लेखाई र बोलाई त । बोलदैछ, लेखिदैछ, ढाँटिदैछ, छलिदैछ, सोझा-साझा श्रमिकहरुमाथि भ्रमको खेति गरिदैछ र अचम्मको कुरा त के छ भने त्यो भ्रमको खेति निकै फस्टिदैछ, दुवो मौलाए झै । प्रवासीको आडमा बोले, साहित्यको आडमा बोले, पत्रकारिताको आडमा बोले, बोले भेट्टाए जति विषयहरुमा केही नसोचि एकहोरो मर्ुख लागे झै । अझै यो क्रम जारी छ…..। सायद मलेसयाको महङ्गीले गर्दा होला एउटा ऐना किन्न नसकेर आफ्नो अनुहार हर्ेन पाएका छैनन् र आफु कुन र कहाँको धरतलमा उभिएर बोल्दैछु र लेख्दैछु भन्ने पत्ता लगाउन सकेका छैनन् ।

कुरो स्पष्ट मैले तपाईहरुलाई दर्शाउन खोाजेको । “पत्रकार महाँ संघ मलेसिया शाखा” को हो जुन नजाँनिदो, अप्त्यारीलो गरि एक्कासी “गोरु ब्याँए झै ब्याएको छ” र यो संसारलाई नै चकित पारिदिएको छ, “मलेसिया पत्रकार महाँ सघ मलेसिया”ले । मलेसियामा रहेको पत्रकारिताको अध्ययन त पक्कै पनि सम्बन्धित निकायले गरेकै होला नगरेको भए गर्ला नै एक दिन त आशा गर्न सकिन्छ नि भर नपरे ता पनि । यहाँ पत्रिकाहरु नि थुप्रै प्रकाशन हुन्छन् सायद विदेशी भूमिमा नेपाली पत्रिका प्रकाशन हुने देश मध्ये पहिलो स्थानमा होला मलेसिया तर यही पत्रकारिता र पत्रिकाको कति विजोक छ । विचराहरु पत्रिका प्रकाशनको लागि खर्च नभएर अरुको लेट्नु पर्‍या छ, आफ्नोर् इमान बेच्नु पर्‍यो छ यो भन्दा बढी योगदान के नै पो हुन सक्छ र - फेरी मलेसिया आई पत्रकार हुँ र पत्रिका चलाउनेहरु पनि नेपालबाटै त आएका हुन् नी ! आखिर के भो त प्रहरी खेदाएर आएको होस.् वा माओवादीले खेदाएर आएको होस् हो त नेपालीनै फेरी के भो त फटाहा भएर - फेरी कती सजिलो छ मलेसियामा पत्रकारिता गर्न “अनलाईन” बाट सिधै कपी गरे भईहाल्छ अनि आफ्नो पत्रिका र आफ्नो नाम त हाल्नु हो नी, स्रोत खुलाइराख्नु परेन क्यारे ! जे होस छुट्टै मजा छ मलेसियामा पत्रकारिता गर्नेहरुलाई । फेरि मलेसियाका पत्रकारहरुलाई भेट्न नेपाल पत्रकार महासंघबाट ‘विनोद पहाडी’ पनि आउनुभाथ्यो । भेट्नु भयो एक दर्ुइ जना एजेन्ट र्रर् इलिगल ठगहरु जो पत्रकारह हुँ भन्दै ठगि गरिहरहेकाहरुलाई । सायद उहाँले बोल्नु भयो कि भएन त्यो त मलाई थाहा भएन तर यहाँबाट पं्रकाशित हुने नेपाल सन्देश र जन पृष्ठभूमिहरुमा ‘पहाडी’ को फोटो सहित “मलेसिया पत्रकार महासंघ’ ले चाडै वैधानीकता पाउने छ र चितवनमा भएको ‘नेपाल पत्रकार महासंघको अधिवेशनमा मलेसियको कुरो लैजान्छु र तपाईलाई बैधानिकता दिलाउछु” भन्ने उहाँको अधिव्यक्ति छापिएको थियो १/२ महिना अगाडी । तर नेपालमा कुरो पुग्यो पुगेन कुनै पत्तै छैन रह्यो वैधानिकताको त्यो त खोई……- लाग्छ कि ‘पहाडी’ को ठूलो बोली हुनु पर्छ कि त ‘पहाडी’ को नाम बेचेर अर्को ठगिकोबाटो खनेको । के हो त्यो चाडै पक्ता लाग्ला नै । त्यस्तै कान्तिपुर दैनकका ‘दिपक बाबु खत्रि’ पनि आउनु भाथ्यो । उहाँले पहिला पनि एक विद्यार्थी अपहरणको समाचार पनि गलत भएर राजदुतवासले खण्डन गरेको थियो । आफ्नो आङ्गको जुम्रा नदेख्ने अर्काको आङ्गको भैसि देख्ने भनेझै उहाँले फेरी पनि चर्कोसँग यहाँका श्रमिक पत्रकारहलाई प्रशिक्षण दिन्छु भन्दै भाषण दिनु भयो तर भाषण पश्चात कता लापत्ता हुनु भयो कता - उहाँलाई नै थाहा होला । त्यस्तै मलेसियाबाट विचारी चाम्लिङ्ग भुके, नेत्र विमली भुके, विनो लामा भुके, सुन्दर आले भुके, खापुङ्ग भुके, सुनिल चालिसे भुके, भए जति सबै भुके भुक्न सम्म भुके ।

जे होस् मलेसियाका पत्रकार भनौदाहरु त भुक्थे नै तर नेपालबाट आएका पनि भुकेर जान थाले, लाग्छ यो मलेसिया नभएर भुक्ने खाँउ पो की……- जो पनि आँउछ श्रमिकहरुलाई भुक्छ जान्छ । हर्ेर्दै जाँउ कहाँ सम्म भुक्छन् ……………..।

August 9, 2007

‘पेसामा अच्छा दलाली’

तितो सत्य

अचम्मको छ यो संसार बुझ्नै नसकिने, जे देखिन्छ त्यो नहुने, जे छ त्यो नदेखिने । विचित्रको छ यसको ब्याख्या गरेर न साध्य छ, न त भनेर, न त लेखेर नै । भनिन्छ भगवान्ले सृष्टि गरेका रे ! पृथ्वि र मानवहरु तर खै भगवान् यो संसार र यस भित्र राज गर्ने मान्छेहरु यस्ता हुन्छन् भनेर त पक्कै कल्पना पनि गरेका थिएनन् होला । कति अचम्मको छ ! कति विचित्रको छ यो संसार र यो संसार भित्र राज गर्ने मान्छेहरु यस्ता हुन्छन् भनेर त पक्कै कल्पना पनि गरेका थिएनन् होला । कति अचम्मको छ ! कति विचित्रको छ यो संसार यसो सरर्सर्ती हर्ेदा बुझ्दा लाग्छ यो एउटा र्सकश हो, जहाँ जात्रा देखाईन्छ, खेलहरु खेलाईन्छ, गाईन्छ, नचाईन्छ, उप्रिmयाईन्छ, त्यस्तै….त्यस्तै….छ यो संसार । जात्रा पनि देखाई रहेछ, खेलहरु पनि खेलाई रहेछ….नचाउनेहरुले नचाईरहेका छन्..नाच्नेहरु नाँचिरहेका छन्..कति विचित्र छ बा…! झन् यै विचित्रको संसार मध्ये नेपाल झनै विचत्रिको छ र्सकस भन्दा पनि विचित्रको त्यस माथि नेपालीहरु त मेरी बास्सै…कहाँ बाट शुरु गरौ पत्तै पाएको छैन । शुरु गरौ कहाँबाट कुनै विषयबाट निकै गाह्रो छ विषय छान्न पनि, कारण उही त हो नी यतिका थाक-थाक लागेर बसेका छन् हाम्रा काला कर्तुतहरु, चिÝै तान्नु पर्ने विषयका लागि । मैले लेख्नु थियो, अन्ततः ताने चिÝा, भेटियो विषय, निकै डर लाग्दो बोल्दा पनि एक पटक दाँया-बायाँ हेरेर मात्र बोल्नु पर्ने ।
साच्चै भन्ने हो भने हाम्रो देश नेपाल र नेपालीलाई खर्ल्र्ााै निलेको छ कोही अछुत छैन । यो विषयले त संसारलाईनै अन्धकार तिर धकेली रहेको रै’छ । यसको लेख्न शुरु गरुँ भनेको एक चोटी सोच्न बाध्य भए, के म आफै ता यो विषयमा मुछिएको छैन कतै - केही क्षण पश्चात थाहा भयो छैनरछु, ढुक्क भए म आफैबाट सुरक्षित भए र कलमलाई गति दिने निर्ण्र्ााै गरे निसंकोच भएर । एउटा यस्तो विषयमा जसले संसारलाई निलेको छ, त्यो हो ‘दलाली’, ‘नाफाखोरे,’ ‘एजेन्ट’, के-के हो के के - नाम पनि कति हो कति…….-

यो विषय आफै बेाल्छ, आफै प्रष्ट छ, तै पनि मैले जानी-नजानी अलि-अलि कनेकुथि बोक्राझै बक-बक गर्न मन लाग्यो त्यो पनि अग्रजि चस्मा लगाएर र शुरु गरे त्यो पनि कसैले माईन्ड नगर्ने शर्तमा । ठेट कुरो गर्नु हो भने वास्तविकता त्यही हो जुन हामीले देख्छौ भोग्छौ र प्रवासमा भोगिरहेका छौ, दलालीको शिकार बनेर, आहारा बनेर, बेचिएको छौ र विचिदैछौ, यो क्रम बढ्दो छ दिन दर्ुइ गुणा रात चौगुना झै नरोकिने गरी । एउटा हास्यस्पद कुरा के छ भने हामी बेचिएकोले बेचिएकालाईनै बेच्दै छौ मान्नै पर्छ हाम्रो मास्टर माईन्डलाई हैन त…- वास्तवमा हो रैछ, बुढापाकाले भनेको कुरा ‘भन्थे जमिन मुनिको पानि खाने हामी मान्छेहरुको बुद्धी पनि मुनिनै हुन्छ अर्थात घोप्टो’ । केही केही दया, माया, छ त हामीमा - छ त केवलर् इर्श्या, लोभ-लालच, पाप, घमण्ड, दलालीपन… के के हो के के …- अनि कहाँ बाट उभो लागिन्छ त…- कसरी समाज र देशको परिवर्तन हुन्छ त…- यो प्रथा रहुन्जेल सम्म जस्तो सुकै क्रान्ति होस् की भ्रान्ति आए पनि कसैले माखो मार्ने वाला छैन म त भन्ािदिन्छु जे पर्ला त्यही र्टला…ल जा….। साच्चै नै परिवर्तन गर्नु र गराउनु छ भने त सास्कृतिक रुपमा आफैबाट परिवर्तन हुनु पर्छ, तर को परिवर्तन हुने र म त हुन्न …हैन त..- यस्तो विकराल परिस्थितीबाट कसरी मुक्ति पाउने त - यसको उत्तर चाँही तपार्ँइले दिनु पर्छ त्यो नसोचिकनै है त.. । हर्ेर्नुहोस् न आज मुलुक कस्तो जर्जर स्थितिमा गुज्रेको छ, जता-ततै भ्रष्ट्राचर, घुसखौरी र दलालहरुले अड्डा बनाएका छन् । प्रहरी चौकीमा गयो रिपोर्ट लेखाउन त्यहाँ पनि एउटा दलाल निस्कन्छ, उपचार गर्न अस्पताल गयो त्यहाँ पनि, साहुँको ऋण तिर्न नसकेर भएभरको जेथा बेच्न गयोे त्यसमा पनि दलालको आँखा, गाई-बस्तु, कुखुरा-सुखुरा बेच्न गयो त्यसमा पनि, झै-झगडा मिलाउन अड्डा अदालत गयो त्यसमा पनि उही त हो नी, नागरिकता, राहदानी बनाउन गयो त्यहाँ त झन्, आर्थिक कारोबार गर्न बैक वा साहुँ-माझन्कोमा गयो त्यहाँ त झन् किच्च दाँत देखाएर, जन्म दर्ता, विवाह दर्ता, गर्न गयो त्यहाँ पनि, …….हुदा-हुँदा बेश्याहरुमा पनि पछि परेका छैनन्, त्यती मात्र हो र -… आज भोली त विवाह गर्नु पर्‍यो भने पनि आईलाग्छन् “लमि”को पोगरी गुथेर… उफ्….जता गए पनि छाड्दैनन् आईलागिहाल्छन् हरक्षण हरपल…।
आज भोली त झन् ‘डेन्जर’ दलालहरु पैदा भएका छन् नयाँ स्र्टाईल र ढाँचा लिएर “मान्छे बेच्ने दलाल” । कति मजासँग मान्छेले मान्छेलाई बेच्दा रहेछन् । पढेको थिँए सानो छदा, त्यो पनिर् इतिहासमा, अमेरिकामा गोरा जातिहरुले काला जातिहरुलाई बेचविखन गर्थे भनेर तर आज यसो बुझ्दै जादा बल्ल थाहा भयो त्यो सत्य रहेछ तर त्यो इतिहास रहेनछ बर्तमानमै रहेछ त्यो पनि अमेरिका नभएर नेपालमै । हुनतः हाम्रै समाजमा आफ्नै छोरी-चेली बेच्ने बाँउहरु प्रशस्तै छन् हामीले देखेकै हो र भटेकै पनि, अब छोरी चेलीका साथ-साथै दाजुभाई तथा छोरा भतिजाहरु बेच्नु कुन नौलो कुरो हो - झन् विकास पो भएछ बेच्ने परम्परामा, मान्नु पर्दैन त यो विकासलाई - अचम्मको कुरा के छ भने अहिले मान्छे बेच्ने मास्टर माईन्ड भएका दलालहरुले बैज्ञानकि तरिकाबाट बेच्ने गरेका छन् के थाहा छ - छैन भने म भन्दिन्छु है त । यो नौलो आईडिया हो बैदेशीक रोजगारीको नाममा हाम्रै पैसाले हामीलाई नै बेच्ने अनि मान्नु पर्दैन त यो आईडियालाई - क्या दिमाग छ बा….! म फ्यान नै भए दलालहरुको । यस्तो पो आईडिया त । त्यसै चल्या हो त हाम्रो देशको नाम विश्वमा जे पनि छ हामी कहाँ, प्राकृतिक सुन्दरता, खानिहरु, विभिन्न सस्कृतिहरु… त्यस्तै झन् आज भोली त झन् अर्को नयाँ संस्कृति थपिएको छ “दलाली” आशा गरौं यो नयाँ सस्कृतिले अझै पर्यटकहरु नेपाल भित्राउँछ की त ! र ती पर्यटकहरुलाई “मर्ुगा” बनाएर देशको आर्थिक नीतिमा परिवर्तन आँउछ की त - हाम्रो देशमा सबै थोक रहेछ, प्राकृतिक सुन्दरता, विभिन्न संस्कृति, रहन-सहन, शान्ति, हत्या, हिंसा, लुट, बलत्कार, ठगी, शोषण, अन्याय, अत्यचार, दमन, द्धन्द…. हुने नहुने सबै थोक बाफ रे..! अनि विदेशीले आँखा गाड्दैनन् त हाम्रो मुलुकलाई - अनि पो चल्दोरैछ त हाम्रो र हाम्रो मुलुकको नाम विश्वभरमा । झन् हामी “बहादुर” रे ! आफ्नै दाई-भाईलाई र्सर्ुइक्याई दिन्छौ, लुट्छौ , फसाउछौ, बेच्छौ, अरु देशकाले सक्छन् त यस्तो शाहसी कार्य गर्न - सायद यसैले गर्दा होला हामी बहादुर भनेर विश्वभर कहलिएका ।

नेपालबाट चलिआएको सिकि आएको परम्परा मलेसियामा आफ्नै पैसाले बेचिएर आई पुगेर अर्काको दास बन्दा पनि भुलिएन “दलाली” गर्न । मलेसिया पनि ब्याप्त छ “दलाली” पेशा, हुण्डीको नाममार्,र् इलिगललाई काम लगाईदिने बहानामा, नक्कली कागजपत्र बनाईदिने निहुँमा, ब्यपार ब्यवसाय गर्ने निहुँमा, पत्रकार हुँ भन्नेहरु पत्रकारीताको निहुँमा दलाली, संघ संस्थाको निहुँमा, साहित्यको निहुँमार्,र् इण्डो “सायाङ्ग” मिलाई दिने निहुँमा, …. जता-ततै दलाली नै दलाली…. । साच्चै गजबको छ यो दलाली पेशा । एसो बुझ्दै गएको त फेरी कति सजिलै नगद नारायण आउने । झन् मान्छे बेच्न त आहा….. । योग्यता औँठा छाप भए भई हाल्ने, जति झुट बोल्यो त्यती फाईदा, आफ्नै वार्ड बाहीर नगएर के भो त - युरोपियन मुलुकहरुको र खाडी मुलुकहरु यस्तो उस्तो भन्दै भाको नभाको आफुले भ्याए जति “घिटिक-घिटिक” श्वास रहुन्जेल सम्म गफ चुट्न सके झन् माला-माल हुने क्या गजवको पेशा रैछ यो त मलाई पनि खुब मन पर्‍यो भन्या तर के गर्ने आफुलाई गफ जोत्न सक्नु पर्ने म बाट त्यो हुन सक्दैन ओफ्….. के गर्ने यस्तो जुक्तिलाई पनि सदुपयोग गर्न पाईएन ।
मैले यो पेशालाई अंगाल्न सकिन पक्कै पनि तपाईहरु पनि सक्नु हुन्न होला अतः यसलाई समजबाटै बाहिर गलहत्याएर फालौ ल जे हुन्छ जेखा जाएगा ।

August 4, 2007

मलेसियाका दृश्यहरु कतै घृणास्पद, त कतै प्रेरणादायी

अस्ती भर्खरको कुरा म आइतबारको दिन यसो केही कतै समाचार पाइन्छ कि भनेर हिडेको थिए । त्यसैबीचमा कोताराय बजार पुगेछु । झट्ट फेरी फर्की हेरे म कहाँ आए भनी र महसुस गरे यो कुनै नेपालको बसपार्क त होइन, जहाँ नेपाली दोहरी गीत, आधुनीक गीत र हिन्दी गीत घन्किएका थिए र चहलपहल पनि उत्तिकै थियो नेपाली प्रवासी श्रमिकहरुको ।
म ट्वाल्लक परी सुने, हेरे ! को रहेछ त नेपाली गीत घन्काउने । अनि नजिकै पसलको अगाडि गए तर त्यहाँ त नेपालीनै छैन । मलेसियाकै स्थानीय बासिन्दाले पो गीत घन्काएको रहेछ । अनि छक्क परे नेपालीलाई आकर्षा गर्ने तरीका र र्व्यर्थमा पैसा ओइराउछन् भन्ने पर्ूवजानकारी पाएका ति मलेसियन स्थानीय बासिन्दाको चर्तुयाई देखी ।
यसै घुम्दा घुम्दै मलाई धेरै भोक लागि सकेको थियो । म नेपाली रेष्टुरेन्ट तिर लम्के ! म एक नेपाली रेष्टुरेन्ट भित्र पस्ने जमर्को गरे तर सकेन , त्यही पनि प्रयास गरे त्यो भिडमा । भिडबाट एकातिर कुनामा गइ बसे र आँखा चारैतिर घुमाए । म केही खाउँ भनी गएको थिए तर त्यहाँ गएपछि मेरो पेट आफैं अघाए जस्तो अनुभूती भयो मलाई । त्यहाँ दिउँसै कुहीरो लागेको थियो , पाठकबृन्द कुहिरो अरु के को हुन्थ्यो र …..चुरोटको धुवैं धुवाँको पो रहेछ र सँगै टेवलमा रक्सीका बोतलहरु ठडाइएको दृश्य देखिन्थ्यो ।
सोचें नेपालीलाई विदेशीले किन दमन गर्छन्, किन घटिया व्यवहार, किन गरिब सम्झन्छन् भन्ने विषयमा । हुनत विदेशीले सोचेको कुरा पनि ठिकै हो यो दृश्य देख्दा । नेपालबाट विदेश छिर्नु भन्दा अगावै धेरै सपना बोकी, साँहुको ऋण ब्याज सहित सावा तिरीदिने र आफ्नो परिवारलाई सुःखी बनाउने भनी छिरेका नेपालीको हालत यस्तो रहँदा कसले पो राम्रो भन्छ नेपालीलाई विदेशी भूमिका । पाठकबृन्द यो घटना प्रत्येक शनिबार र आइतबारको दिन कोतारायमा घट्ने घटनाहरु हो । यसरी प्रत्येक दिन कोतारायको नेपाली बजारमा करिब ५-६ हजारको संख्यामा नेपालीहरु आउने गर्छन् मलेसियाको विभिन्न स्थानबाट । यसरीनै सोझा-साझा नेपालीलाई धुत्न पल्केका व्यापारीहरुको घुँइचो पनि त्यतीकै देखिन्छ कोतारायमा । दर्जनौंको संख्यामा खोलिएका नेपाली रेष्टुरेन्टको चहलपहल निकै बढ्छ शनिबार र आइतबारको दिन ।
अर्को कुरा पाठकहरुलाई यो जानकारी दिउFm भन्ने मलाई लाग्यो मनमा कि मलेसियामा ४ वटा साप्ताहिक समाचार पत्रिकाहरु र केही मात्रामा साहित्यीक पत्रिकाहरु पनि सञ्चालन गरिएका छन् । ति पत्र-पत्रिकाहरु पनि शनिबारको दिन कोतारायको बजारको भीडलाई ध्यान राखी छापिने गरेका छन् । जो कोही घुम्न आएका नेपालीहरुलाई आफ्नो पत्रिकालाई व्यापारीकरण गर्न बढी केन्द्रित रहेका छन् ति पत्रिकाहरु । पत्रिका सञ्चालन गर्न जो कोहीले पनि सक्ने अवस्था यहाँ देखिएको छ । नेपालमा कुनै पनि निकायमा दर्ता नगरिएका पत्रिकाहरु पनि रहेका छन् । जसमा नाम उल्लेख नगरौं । यसरी विभिन्न किसीमका व्यापार गरी हिड्नेहरुले आफुलाई पत्रिकाको सम्पादक भन्दै सोझा-साझा नेपाली श्रमिकहरुको माझमा गई भ्रम तुल्याउने कामहरु पनि गरिरहेका छन् । मलाई त अचम्म लाग्यो पाठकबृन्द । मलेसियाको रहन सहनमा हर्ुर्किएको ति पत्रपत्रिकाहरुलाई देख्दा ।
र मेरो कानले सुन्न पुग्यो एउटा उपलब्धीमूलक विषय, जो नेपाली श्रमिकहरुको लागि थियो । प्रवासमा रहेका नेपालीहरुलाई यो जनचेतना जगाउने कार्य पनि भएको रहेछ । यसका नाराहरु ः हामी श्रमिकबाट मालिक बनौं, प्रवासमै बसेर स्वरोजगारको वातावरण मिलाऔं र विदेश आउने नेपालीलाई नेपालमै रोजगारको व्यवस्था भन्ने रहेछ र सुने, पढें र बुझे मैले । र मलाई खुशी पनि लाग्यो यो विषय सुन्दा र भेटें पनि सम्बन्धीत व्यक्तिहरुलाई ।
अनि कुरा अगाडि बढ्यो यो विषयमा, कुरा धेरै भए, उपलब्धीमूलक पनि लाग्यो सवै प्रवासमा रहेका नेपालीहरु एकजुट भएर यो अभियानमा लागौं, केही गरौं भनिएको थियो । म पनि श्रमिक पत्रकारिता गर्न भनी मलेसिया छिरेको थिए । मलेसियामा यस्तो अभियान चलाइएको रहेछ श्रमिकहरुको लागि । आखिर यस्ता व्यक्तित्वहरु पनि त रहेछन् मलेसियामा । यस्त्रो विकृति, विसंगतीको भिडमा मैले पाए केही सिर्जनाहरु फूलहरु जसले आफ्नो तन, मन, धन सवै सुम्पेका रहेछन् । र यसले आगामी दिनमा केही निश्चित रुपमा यस्ता सिर्जनात्मक कार्यहरु यसरी केही व्यक्तिहरुले शुरु गर्दा पनि क्रमशः त्यस्ता विकृतीहरु पाखा लाग्दै जानेछन् र प्रवासमा नेपालीहरुबाट फजुल खर्चमा, मस्ती मनोरञ्जनमा उडाइने पसिनाको कमाई उन्नती र प्रगति तर्फलगाउने प्रेरणा सबैलाई मिल्नेछ भन्ने म मा आशा पलायो । यसरीनै यस्ता प्रेरणादायीक कार्यलाई पछ्याउँदै जाने हो भने भोलीका दिनमा विश्वमा छरिएर रहेका नेपाली श्रमिकहरुलाई एउटा नमूना र प्रेरणा बन्नेछ ।
नोट ः मलेसियामा रहेका माथी उल्लेखित विषयहरुको क्रमिक रुपमा म तपाईहरुलाई विस्तृत जानकारी गराउने प्रयास गर्नेछु । र यस नेपाली आवाजका श्रीधर सुबेदीलाई केही सल्लाह, सुझाव, राय इमेल ठेगानामा पर्ठाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

August 2, 2007

बेश्यालयका बेश्याहरुद्वारा नेपाली रेमिट्यान्स बैंकहरुको प्रचार प्रसार

अचम्म छ बा ! झ्न दिनानु दिन बैंकहरुको प्रचार प्रसार मलेसियाको राजधानी स्थिति कोतारायमा भन्ने बजारमा । मलेसियमा कार्यरत श्रमिकहरुको कमाई छिटो छरितो र विश्वासनीयता साथ सही ठाउँमा पुर्‍याउने पत्रपत्रिकामा विज्ञापन छापिएको देखेकै हो पनि, पढेकै हो ! र प्रवासमा रहेका नेपाली श्रमिकहरुको कमाईको पैसा पनि तोकिएकै समयमा पठाइरहेका पनि छन् मलेसियमा खोलिएका रेमिट्न्यास बैंकहरुले । तर आज भोली तिनै बैंकहरु खतरा बन्दैछन् नेपालीहरुका लागि । मलेसियमा रहेका ३-४ वटा रेमिट्यान्सहरुको प्रचार प्रसार अर्थात विज्ञापन गर्न निकै दौडधुप गरिरहेका छन् । जुन कुरा जसले पनि देख्न सक्छ । मलेसियमा कार्यरत श्रमिकहरुको थलो अर्थात भेटघाटको प्रमूख स्थल क्वालालम्पुर स्थित कोताराय जला सिलाङ्ग रहेको छ कारण नेपाली रेमिट्यान्स, ४०/५० वटा नेपाली रेष्टुरेन्ट तथा नेपाली पसलहरु । प्रत्येक हप्ता कोतरायमा २०/२२ हजार नेपाली श्रमिकहरु कोतारायमा आउने गर्छन् नेपाली खाना खान, नेपाली समान खरिद गर्न र पैसा पठाउन र कोही कोही घुम्न तथा साथी भाई भेट्नको लागि । म पनि अक्सर गइरहन्छु रिर्पोटिङ्गको लागि । हिजो त्यो कोतराय त आजको कोतारायमा निकै फरक छ । प्रत्येक बैंकको टिर्सट लगाएर ४०/५० जना नेपाली यूवाहरु यत्र तत्र छरिएको हुन्छन् । जुन नयाँ नेपाली देख्यो आयो खाउला झैं गरे तिनवटै बैंको प्रचार प्रसार गर्न खटिएका नेपाली यूवाहरु ताना तान गर्छन् । हाम्रौ बैंक राम्रो भन्दै विचरा त्यो निर्धो नेपाली किन आएको सोधिदैन पैसा पठा हाम्रो बैंकबाट भन्दै तानिन्छ उसले लगाएको लत्ता कपडानै च्यातिने गरी । जब उ सँग पैसा नरहेको थाहा हुन्छ अनि छोडिन्छ बाघले मृतक जनावरलाई छोडे जस्तै । म पनि दर्ुइ चार पटक फेला परिसके । कोताराय स्थित र नजिकै रहेका चाइना टाउन जहाँ यत्रतत्र छरिएका हुन्छन् बेस्याहरु । ति बेश्याहरुको पनि ब्यवसाय निकैं फस्टिदै गएको देखिन्छ । कारण रेमिट्यान्सहरुको नाम लेखिएको टिर्सट लगाउन थाले पछि । रेमिट्यान्सहरुको टिर्सट लगाएर घुमिरहेका बेश्याहरुको पनि व्यवसाय फस्टिदैं छ भने रेमिट्यान्सहरुको पनि । गजब छ रेमिट्यान्सहरुको विज्ञापन गर्ने तरिका । हेरौं अब अलिक ब्यवसाय फस्टिन्छ कि त ……………………………..।

-बाँकी अंक प्रतिक्षा गर्नुहोला)






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

html web counter
Minnesota DSL Internet Access